कैलाली : जिल्ला प्रहरी कार्यालय कैलालीले गोदावरी नगरपालिका—४ खैराना जाने सडकमा हत्या गरि फालिएका बैतडीको दशरथचन्द नगरपालिका २ का ४५ बर्षीय हर्क बहादुर भण्डारीको हत्यामा संलग्न २ जना पक्राउ गरेको छ ।
पक्राउपछि शुक्रवार अपरान्ह दुबै जनाले जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनिक गरेको छ ।हत्यामा संलग्न हुनेहरुमा २४ वर्षीय धिरज भनिने पुन्टु भाट र २३ वर्षीय गोविन्द आउजी रहेको प्रहरीले जनाएको छ ।बैतडीको दशरथचन्द नगरपालिका बस्कोटका स्थायी बासिन्दा भाट हाल कञ्चनपुरको देखतभुली—४ ढक्का शिविरमा बस्दै आएका थिए ।
आउजी गोदावरी नगरपालीका—६ लालपुरका स्थायी बासिन्दा हुन् ।भण्डारीलाई पैसा लुटपाट गर्ने क्रममा हत्या गरेको उनीहरुले बयान दिएको प्रहरी उपरीक्षक आभुषण तिम्सिनाले बताउनुभयो ।
अघिल्लो दिन मारेर मारेर फालेका भण्डारीको शव चिनिने डरले दोस्रो दिन अनुहार क्षतबिक्षत बनाएको समेत उनीहरुले बताएको प्रहरीले जनाएको छ ।