सोमबार राति धनगढीको एक फेन्सि पसलमा आगलागी

सोमबार राति धनगढीको एक फेन्सि पसलमा आगलागी

धनगढी । धनगढीको एक फेन्सि पसलमा आगलागी भएको छ। उपमहानगरपालिका-१ स्थित केदारबाबा फेन्सि पसलमा सोमबार राति आगलागी भएको प्रहरीले बताएको छ।

विजुलीको तार सर्ट भई आगलागी भएको र पसलको र्याक, कपडा जलेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। क्षतिको विवरण भने आइनसकेको बताइएको छ।