समिट एयर धनगढी देखी साँफेबगर उडान

समिट एयर धनगढी देखी साँफेबगर उडान

अछाम : समिट एयरद्धारा पहिलो पटक धनगढी देखी साँफेबगर उडान जोडिएको छ । फागनु २२ गते नेपालगञ्ज देखी साँफेबगर परिक्षण उडान गरेको समिट एयरले शुक्रबार देखि साँफेबगर धनगढीका लागि नियमित उडान भर्न सुरु गरेको हो ।

नियमति उडान भए पछी यस क्षेत्रका जनतालाई आवत जावत गर्न सहज हुने भएको छ ।पहिलो चरणमा हप्ताको एक दिन शुक्रबार नियमित उडान गर्ने समिट एयरले जनाएको छ ।

यात्रुहरुको चाँप हेरेर आगामी दिनमा हप्तामा ४ दिन सम्म उडान भर्न सकिने समिट एयरका दिपक दुवालले जानकारी दिनुभयो । धनगढी देखी साँफेबगरसम्मका लागी ३हजार ३ सय ५० भाडादर कायम  गरिएको दुवालले बताउनु भयो ।

यसअघि नेपाल एयरलाईन्सले नेपालगञ्ज देखी साँफेबगरका लागि नियमित उडान भर्दै आईरहेको छ । नेपाल एयरलाईन्सले हप्तामा दुई दिन आईतबार र बिहिबार उडान गर्दै आईरहेको छ  ।