ललितपुर : ललितपुरको बालकुमारीमा प्रहरीलाई घुस दिन खोज्ने एकजना मोटरसाइकल चालक पक्राउ परेका छन् ।
प्रहरी जाँचको क्रममा ४ सय रुपैयाँ दिएर आर्थिक प्रलोभनमा पार्न खोज्ने बा ३५ प ८६६७ नम्बरको मोटरसाइकलका चालक ललितपुर इमाडोल बस्ने भिमबहादुर मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसअघि पनि कोटेश्वर र नागढुङ्गाबाट प्रहरीलाई घुस दिने व्यक्ति पक्राउ परेका थिए ।