नेपाल परिवार दल ले जिते १३ नं . लाई नमुना वडा बनाउने छौ ' : एकनाथ ढकाल

नेपाल परिवार दल ले जिते १३ नं . लाई नमुना वडा बनाउने छौ '  :  एकनाथ ढकाल

धनगढी । धनगढी उपमहानगरपालिका वडा नं. १३ लाई नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले नमुना वडा बनाउने बताएका छन् ।

पार्टी अध्यक्ष ढकालले वडाको चुनाबी सभामा बोल्दै भने 'हाम्रो पार्टीको उम्मेदवार निर्वाचित भयो भने वडा नं . १३ लाई नमुना वडा बनाउने छौ '।

धनगढी उपमहानगरपालिका वडा न १३ मा नेपाल परिवार दलले चुनाबी अभियान तीव्रपारेको छ । वडा न १३ मा नेपाल परिवार दलको तर्फबाट विशाल चौधरी अध्यक्ष पदका उम्मेदवार हुन् । 

 'सबै पार्टीलाई हेरियो अब यस पटक परिवार दलको उम्मेदवारलाई नै भोट दिई बिजयी गराउने छौ ' स्थानीयको भनाइ लाई उदृद गर्दे पार्टीका सुदूरपश्चिम संंयोजक खड्क नागरीले भने ।