घोडाघोडीका मेयरलाई गोली हानेको आरोप लागेका विप्लवका पोटिलव्यूरो सदस्य पुन पक्राउ

घोडाघोडीका मेयरलाई गोली हानेको आरोप लागेका विप्लवका पोटिलव्यूरो सदस्य पुन पक्राउ

धनगढी : विप्लव नेतृत्वको नेपाल कम्युष्टि पार्टीेका पोलिटव्यूरो सदस्य ओम प्रकाश पुन पक्राउ परेका छन । 

मगलवार बर्दियामा पक्राउ परेका पुनलाई मगलवार राती १२ बजे कैलाली ल्याईएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक विनोद घिमिरेले बताए । 

उनीविरुद्ध कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममता प्रकाश चौधरीमाथि गोली प्रहार गरेको भन्दै प्रहरीमा मुद्धा दर्ता छ । 

मेयर चौधरीमाथि गत फागुनमा घरमै गोली प्रहार भएको थियो । सो क्रममा विप्लवका अन्य चारजना कार्यकर्तालाई पक्राउ गरिएपनि पछि छोडिएको थियो । त्यसपछि प्रहरीले कसैलाई पक्राउ गर्न सकेको थिएन । 

‘मगलवार राती कैलाली ल्याएर हिरासतमा राखेका छौ ।’ घिमिरेले भने, ‘मेयरलाई गोली हानेको भन्दै पुन विरुद्ध मुद्धा दर्ता छ । त्यसको लागि अदालतमा पेश गर्छौ ।’

पुनलाई करिव दुई हप्ता अगाढी सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएपछि अदालत परिषरबाटै प्रहरी पक्राउ गरि जिल्ला प्रहरी कार्यालय बर्दियालाई बुझाएको थियो । 

बर्दिया जिल्ला अदालतले पनि पुनलाई रिहा गर्न आदेश दिएपछि पुनः प्रहरीले पक्राउ गरि कैलाली प्रहरीलाई बुझाएको बताईएको छ । 

नेपाल कम्युष्टि पार्टीेले भने पार्टीमा आस्था राखेकै भरमा नेता कार्यकर्तालाई पक्राउ गर्न थालेको आरोप लगाउदै आएको छ ।