धनगढीको नोभा हस्पिटलले मनायो विश्व दम रोग दिवस

धनगढीको नोभा हस्पिटलले मनायो विश्व दम रोग दिवस

 धनगढी । धनगढीको अस्पताल लाईनमा रहेको नोभा हस्पिटल प्रा .लि ले आज विश्व दम रोग दिवस मनाएको छ ।  

विश्व दम रोग दिवसका अवसरमा अस्पतालले दम रोग सम्बन्धी जानकारीे तथा अन्र्तरक्रिया कार्यक्रम गरेको हो ।  

नोभा हस्पिटल का वरिष्ठ फिजिसियन डा. राम चन्द्र पौडेल र हस्पिटल मेडिकल डाइरेक्टर डा. राम प्रसाद लामिछाने का साथै अस्पतालका सम्पुर्ण स्वास्थ्य कर्मचारी हरु को उपस्थिति मा दम रोगका लक्षण ,उपचार तथा रोकथामका उपायहरु  बारे जानकारीे तथा अन्र्तरक्रिया कार्यक्रम गरिएको छ ।

साथै दम रोगका लागि प्रयोग हुने औषधीहरु जस्तै रोटाक्याप ,रोटाहेलर र इनहेलर आदिको प्रयोग बारे पनि जानकारी गराईएको थियो । 

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै हस्पिटल का वरिष्ठ फिजिसियन डा .राम चन्द्र पौडेले भन्नुभयो 'डाक्टरहरुबाट लेखिएका औषधीको उचित प्रयोग गर्न नजानेर पनि धेरै जसो निको हुदैनन् । तसर्थ दम रोग बाट छुट्कारा पाउन डाक्टरहरु मात्र नभई सम्पुर्ण स्वास्थकर्मी तथा जानकारहरुले बिरामीहरुलाई उचित सल्लाह र सुझाव दिन जरुरी छ' ।