वेबसाइट र्‍याङ्किङ सिस्टम ‘एलेक्सा’ सदाका लागि बन्द

वेबसाइट र्‍याङ्किङ सिस्टम ‘एलेक्सा’ सदाका लागि बन्द

अमेजनले वेबसाइटहरुको विश्वप्यापि याङ्किङ सिस्टम एलेक्सा सदाका लागि बन्द गरेको घोषणा गरेको छ । मे १ देखि लागू हुनेगरी अमेजनले सेवा बन्द गरेको हो । नेपालमा समेत वेबसाइटहरुको स्तर मापनका लागि एलेक्सा निकै चर्चित रहँदै आएको थियो । 

एलेक्सामा आफूलाई अब्बल देखाउन अनलाइन सञ्चारमाध्यमका साथै ब्राण्डहरुले एलेक्सालाई डलर तिर्ने प्रचलन समेत व्यक्त थियो । सोमबारदेखि भने एलेक्साले सेवा बन्द भएको सूचना राख्दै करिब २५ वर्ष पुरानो कम्पनीलाई निरन्तरता नदिने बताएको हो ।

‘दुई दशकभन्दा लामो समय सेवा पछि हामीले एलेक्सा डटकमलाई मे १, २०२२ देखि बन्द गरेका छौँ’, कम्पनीले भनेको छ । सन् १९९६ मा स्थापना भएको एलेक्सा सन् १९९९ मा अमेजनले किनेको थियो ।