प्रदेश ७ को राजधानीमा काँग्रेसको प्रर्दशन (फोटो फिचर)

प्रदेश ७ को राजधानीमा काँग्रेसको प्रर्दशन (फोटो फिचर)

धनगढी : नेपाली काँग्रेसले प्रदेश ७ को राजधानी धनगढीमा पनि सरकारविरुद्ध प्रदर्शन गरेको छ । 

धनगढीको चौराहाबाट सुरु भएको ¥याली पार्कमोडमा गएर कोण सभामा परिणत भएको थियो । 

प्रदर्शनका क्रममा नेता तथा कार्यकर्ताहरुले अधिनायकवादी सरकार मूर्दाबाद, बढ्दो महंगी नियंन्त्रण गर, जनताको ढास सेक्नेगरि लगाईएको कर फिर्ता गर, लगायतका नारा लगाएका छन् । 

धनगढीमा भएको विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री रमेश लेखकले वर्तमान केपी ओली नेतृत्वको सरकारले देशमा कम्युनिष्ट शासन लादन खोजेको आरोप लगाए ।

उनले कम्युनिष्ट जित्दा देशले हारेको बताउदै सविधान र गणतन्त्र समेत खतरामा परेको भन्दै चिन्ता व्यक्त गरे । 

विकाश  सम्बृदिका नारा लगाउने सरकारले मुल्यवृदि, महङगी, कर बृदि र भ्रष्टाचारमा क्रान्तिकारी परिवर्तन गर्दै उपहार दिएको टिप्पणी गरे । लेखकले सरकारले जनतालाई राहन नभई आहत दिएको भन्दै आक्रोश पोखे ।

सरकार आफना कामबाट यसरी नै विमुख भईरहे सरकारको आयु लामो नरहने समेत लेखकले चेतावनी दिए ।काँग्रेसको प्रर्दशनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको थियो भने बाक्लो सख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।