१५ करोड ५५ लाख रुपैयाँमा बेचिएको परेवा

१५ करोड ५५ लाख रुपैयाँमा बेचिएको परेवा

बेल्जियममा एउटा परेवालाई कीर्तिमानी रकम १.२५ मिलियन यूरो अर्थात् १५ करोड ५४ लाखभन्दा बढी नेपाली रुपैयाँमा लिलामी गरिएको छ । 

लिलामी हाउस पीपाले अर्माण्डो नामको परेवालाई ‘लामो दूरीको सबैभन्दा उम्दा बेल्जियम परेवा’ बताएको छ । यो परेवालाई परेवाको ‘लूइस हेमिल्टन’ पनि भनिएको छ । 

यो भन्दा अघि एउटा परेवा सबैभन्दा महङ्गो रकम ३ करोड ६६ लाख नेपाली रुपैयाँमा बिकेको थियो । पीपाले भनेको छ, जब अर्माण्डाेलाई लिलामीका लागि घोषणा गरियो तब यसअघिको कीर्तिमान तोडियो । अर्माण्डाे नामको परेवा ५ सालको भएको छ र अहिले अवकाशको आनन्द लिइरहेको छ । 

सबै चिजलाई ध्यानमा राख्दै हवाई दौड लगाउने यस्ता परेवाको मूल्य २५ सय यूरो हुन्छ आफ्नो करियरको अन्तिम तीन दौडमा यसले जित हासिल गरेको छ । यो परेवाले २०१८ को एस पिजन च्याम्पियन, २०१९ को पिजन ओलम्पिक र अंगूलेम जितेको छ । 

अर्माण्डोले अवकाशको आनन्द लिइरहे पनि उनका मालिक भने उसलाई प्रजनन गराएर उसका वंश अगाडि बढाउने सोचमा छन् ।