कैलालीको कैलारी गाउँपालिकामा रहेको मुक्त कमैया शिविरमा भीषण आगलागी

कैलालीको कैलारी गाउँपालिकामा रहेको मुक्त कमैया शिविरमा भीषण आगलागी

कैलाली । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ७ स्थित विपतपुर मुक्तकमैया शिविरमा भीषण आगलागी भएको छ ।  आगलागीबाट पूरै शिविर जलेर नष्ट भएको छ ।

७२ भन्दा घरधुरी रहेको शिविरमा भएको आगलागी अझै नियन्त्रणमा आइसकेको छैन । गहुँको नलमा लगाएको आगो हावाले उडाएर बस्तीमा सल्किएको शिविरका भलमन्सा हिँगुराम चौधरीले सुनाए ।

उनले रुँदै भने, ‘हजुर हामीलाई बचाऊ, केही बाँकी रहेन । लत्ता कपडा, अन्न, पशु चौपाया सबै जले ।’