धनगढीमा भत्किएका सडक मर्मत नहुदा सानो वर्षामै ताल बने (फोटो फिचर)

धनगढीमा भत्किएका सडक मर्मत नहुदा सानो वर्षामै ताल बने (फोटो फिचर)

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका भित्र रहेका अधिकाशं शाखा सडकहरु जिर्ण बनेका छन । जसका कारण सर्वसाधारणलाई निकै सास्ती भएको छ । 

भत्केको लामो समयदेखि सडकको स्तरोन्नति नहुदाँ सर्वसाधारणलाई सास्ती भएको हो । 

केहीदिनदेखि परिरहेको वर्षाका कारण खाल्डमा पानी जमेर सडक ताल जस्तै भएका छन । 

धनगढी उपमहानगरपालिका भने एसियाली विकास बैक (एडीवि) अन्तर्गत भत्किएका सडकको मर्मत हुने भएकाले निर्माण गर्नुपर्ने दायित्वबाट पन्छिएको छ ।