नक्कली भारतीय नोटको मुद्दामा नेपालीलाई ५ वर्ष जेल सजाय

नक्कली भारतीय नोटको मुद्दामा नेपालीलाई ५ वर्ष जेल सजाय

भारतको विशेष एनआईए अदालतले नक्कली भारतीय नोट तस्करी गरेको अभियोगमा एक नेपाली नागरिकलाई पाँच वर्षको कैद र रु दुई हजार जरिवानाको सजाय सुनाएको छ ।

सन् २०१४ मा नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट ती नेपाली नागरिक ४९,८८,००० भारतीय रुपैयाँ बराबरको १ हजारका नक्कली भारतीय मुद्रासहित पक्राउ परेका थिए । सन् २०१५ मा दुई अभियुक्त व्यक्तिहरु विरुद्ध आरोपपत्र दायर गरिएको थियो ।

पछि २०१७ मा तीन अभियुक्तहरू विरुद्ध पूरक आरोपपत्र दायर गरिएको थियो। यस वर्षको सुरुमा एनआईए विशेष अदालतले यस मुद्दामा एक अभियुक्तलाई दोषी ठहर गरिसकेको छ।