अन्तर्राष्ट्रिय क्रिकेटबाट पोलार्डले लिए सन्यास

अन्तर्राष्ट्रिय क्रिकेटबाट पोलार्डले लिए सन्यास

वेस्ट​ इण्डिजका सीमित ओभरका कप्तान काइरन पोलार्डले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् । आक्रामक ब्याटिङ अलराउन्डर पोलार्डले बुधबार सन्यास घोषणा गरेका हुन्। पोलार्डले २०१९ मा ओडीआई र टी२० आई को कप्तानी गरेका थिए । 

३४ वर्षिय अलराउण्डर पोलार्डले १२३ एक दिवसीयमा २ हजार ७०६ रन र ५५ विकेट लिएका छन्। १०१ टी–२० आईमा १ हजार ५६९ रन बनाउँदा ४२ विकेट झारेका छन्।

५८७ टी–२० क्रिकेटमा ११ हजार ५०९ रन बनाउँदा ३०५ विकेट झारेका छन् । वेस्ट इन्डिजले सन् २०१२ मा विश्वकप जित्दा उनी टोलीका सदस्य थिए।