आजको मौसम : कहाँ कस्तो ?

आजको मौसम : कहाँ कस्तो ?

धनगढी ।  हाल नेपालमा उत्तर प्रदेश, विहार र पश्चिम बंगालमा बनेको न्युन चापिय रेखाको प्रभावका साथै स्थानीय वायुको प्रभाव  रहेको छ। 

हाल  सुदुरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश तथा देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा सामान्यतया सफा रहेको छ।

दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली  रही बाँकी भू(भागमा आंशिक बदली रहने छ।देशका पहाडी भूभागका  केही स्थान र बाकी भूभागका एकदुई स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

राती देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली  रही बाँकी भूभागमा आंशिक बदली रहने छ। गण्डकी प्रदेश, बाग्मती तथा प्रदेश १ का  थोरै स्थान र बाकी प्रदेशका एकदुई स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

देशको पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ। देशका तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेकाले गर्दा गर्मीका कारण हुन सक्ने असरबाट बच्न पनि आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।