कैलालीमा काङ्ग्रेसबाट धेरै आकाङ्क्षी ,उम्मेदवारको टुङ्गो लगाउन समस्या

कैलालीमा काङ्ग्रेसबाट धेरै आकाङ्क्षी ,उम्मेदवारको टुङ्गो लगाउन समस्या

धनगढी । स्थानीय तहको चुनावका लागि उम्मेदवारको टुङ्गो लगाउन राजनीतिक दलहरुलाई हैरानी भएको छ । प्रमुख, उपप्रमुखका लागि आकाङ्क्षी धेरै भएपछि दलहरुलाई उम्मेदवारको टुङ्गो लगाउन समस्या भएको हो ।

नेपाली काङ्ग्रेस कैलालीका पालिकामा सो पार्टीबाट प्रमुख, उपप्रमुख पद्मा धेरै जना व्यक्ति आकाङ्क्षी देखिएका छन् । आकाङ्क्षी धेरै देखिएपछि  पार्टीले उनीहरुको नाम सङ्कलन गर्न थालेको छ । सङ्कलन भएका नाम माथिल्ला समितिहरुमा सिफारिस गर्ने कार्य भइरहेको काङ्ग्रेसले जानकारी दिएको छ । 

धनगढी उपमहानगरपालिकामा मेयर पद्का लागि सात र उमेयरका लागि पाँच जनाले आकाङ्क्षा व्यक्त गरेका छन् । नेपाली काङ्ग्रेस कैलालीका अनुसार मेयर पद्मा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य नृपबहादुर वड, महाधिवेशन प्रतिनिधि कृष्णबहादुर महरा, हरिश खड्का, महिला सङ्घका नगर सभापति जागृति बोगटीले आकाङ्क्षा व्यक्त गरेका छन् । यसैगरी, नगर सभापति यज्ञराज उपाध्याय, पूर्व जिल्ला सचिव पूर्ण कुवँर र लक्ष्मीदत्त भट्टले पनि मेयर पद्का लागि आकाङ्क्षा व्यक्त गरेका छन् । 

यस्तै, धनगढी उपमहानगरपालिकाको उपप्रमुखका लागि सुनिता राना, निपा चोखाल, डम्मरी महरा, प्रमिला लम्साल र पुष्पा भट्टले आकाङ्क्षा व्यक्त गरेका छन् ।