युक्रेनी सेनाद्वारा आत्मसमर्पण गर्न अस्वीकार, ‘सखाप’ पार्ने रुसको चेतावनी

युक्रेनी सेनाद्वारा आत्मसमर्पण गर्न अस्वीकार, ‘सखाप’ पार्ने रुसको चेतावनी

मारिउपोलमा तैनाथ युक्रेनी सेनाले रुसी पक्षसँग आत्मसमर्पण गर्न अस्वीकार गरेको छ । रुसले युक्रेनी सेनालाई आफ्नो जीवन रक्षा गर्न हतियार बिसाउन प्रस्ताव गरेको थियो । तर, युक्रेनी सेनाले रुसी मागलाई अस्वीकार गरेको हो ।

रुसी अल्टिमेटमको बाबजुद युक्रेनी फौजले सरहको प्रतिरक्षा जारी राख्ने मारिउपोलका अधिकारीहरूले बताएका छन् ।

युक्रेनको तटीय सहर मारिउपोललाई रुसी फौजले नियन्त्रणमा लिएका छन् । सहरको स्टिल कारखाना भएको ठाउँ मात्र नियन्त्रणमा लिन बाँकी रहेको रुसले जनाएको छ ।

यसैबीच, रुसले आफूले दिएको अल्टिमेटम अस्वीकृत भएपछि प्रतिरोध हटाउने धम्की दिएको छ । रुसी रक्षा मन्त्रालयले किभको राष्ट्रवादी शासनले आत्मसमर्पणको बारेमा वार्ता गर्न अस्वीकार गरेको पुष्टि भएको भन्दै प्रतिरोधी सैनिकहरूलाई ‘सखाप’ पार्ने धम्की दिएको हो ।

रुसी रक्षा मन्त्रालयले आत्मसमर्पण गरेका युक्रेनी सैनिकले स्टिल प्लान्टमा युरोपेली र क्यानडालीसहित चार सय जति विदेशी भाडाका सैनिक फसेको जानकारी दिएको दाबी गरेको छ ।