रुसको दाबी : आक्रमणमा मारिए २३ हजारभन्दा बढी युक्रेनी सैनिक

रुसको दाबी : आक्रमणमा मारिए २३ हजारभन्दा बढी युक्रेनी सैनिक

रुसले युक्रेनविरुद्ध चलाएको विशेष सैन्य कारवाहीमा परी २३ हजार ३६७ भन्दा बढी युक्रेनी सैनिक मारिएको रुसको रक्षा मन्त्रालयले जनाएको छ । 

युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले युद्धमा २५ सय युक्रेनी सैनिक मारिएको जानकारी दिएपछि त्यसलाई काट्दै रुसले वास्तविक संख्या २३ हजारभन्दा बढी भएको दाबी गरेको हो । 

युक्रेनी सैनिकसँगै नेसनल गार्ड र विदेशी सैनिकहरू पनि मारिएको रुसको भनाइ छ । प्रत्येक मृत युक्रेनी सैनिकको रेकर्ड आफूसँग रहेको रुसले बताएको छ ।