म्याजिकको ठक्करबाट एक जनाको मृत्यु

म्याजिकको ठक्करबाट एक जनाको मृत्यु

म्याजिकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

रौतहटको गौर–चन्द्रनिगाहपुर खण्ड अन्र्तगत चन्द्रपुर नगरपालिका ८ बसन्तपुरमा बिहीबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।​ 

डुमरियाबाट चन्द्रनिगाहपुरतर्फ तीव्र गतिमा जाँदै गरेको प्रदेश २–०३–००१ ज १९७ नम्बरको म्याजिकले विपरीत दिशाबाट आउँदै गरेको बा ४५ प २२४३ नम्बरको स्कुटी र साईकलाई ठक्कर दिँदा स्कुटी चालक रौतहट बृन्दावन नगरपालिका ९ भुसाह बस्ने ६० वर्षीय जनहिर पासवानको मृत्यु भएको हो ।

स्कुटीलाई ठक्कर दिएपछि अनियन्त्रित भएको म्याजिकले नजिकै रहेको एक साईकललाई ठक्कर दिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।​ म्याजिकको ठक्करबाट स्कुटी चालक पासवान र साईकल चालक रौतहट चन्द्रपुर नगरपालिका ८ बैजनाथपुर बस्ने १२ वर्षीय सुवोध चौधरी घाइते भएका थिए ।

घाइते दुबै जनालाई स्थानीय वासिन्दा र ईलाका प्रहरी कार्यालय डुमरियाको सहयोगमा उपचारको लागी चन्द्रपुर प्रालि अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा साझ करिब ७ बजे स्कुटी चालक पासवानको मृत्यु भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख सन्तु जयसवालले जानकारी दिए । मृतकको शव परिक्षणको लागि चन्द्रपुर स्थित सरकारी अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।