पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव ,तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा

पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव ,तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा

हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।
देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली  रही  बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भूभागका केही स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती स् देशको पहाडी भूभागमा आंशिक बदली  रहि बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने छ। प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

देशका पहाडी भूभागका केही स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ। देशका तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेकाले गर्दा गर्मीका कारण हुन सक्ने असरबाट बच्न पनि आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।