गोदावरी र धनगढी जोड्ने धन्चौरी झोलुङ्गे पुलमा राखियो राष्ट्रिय झण्डा

गोदावरी र धनगढी जोड्ने धन्चौरी झोलुङ्गे पुलमा राखियो राष्ट्रिय झण्डा

धनगढी । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ९  र धनगढी उपमहानगरपालिका १७ मा रहेको धन्चौरी पुलमा झण्डोत्तोलन  गरिएको छ ।

धन्चौरी समाज विकास समन्वय मञ्चका स्थानीय युवाहरू मिलेर नेपालको राष्ट्रिय  झण्डा राखेका हुन्। धन्चौरी समाज समन्वय मञ्चको कोष र बचत रकमबाट सङ्कलित भएको जम्मा २६ हजार ५ सय ५ बाट राष्ट्रिय  झण्डा  गाडिएको धन्चौरी समाज विकास समन्वय  मञ्चका अध्यक्ष चक्र बहादुर चन्दले बताए ।

यसले समाजमा राम्रो सन्देश दिने र आन्तरिक तथा बाह्य पर्यटकको केन्द्र बन्ने विश्वास लिएको उनले बताए । उनले अगामी दिनमा फेरि पनि सामाजिक काममा यो संस्था सक्रिय भएर अघि बढ्ने समेत प्रतिबद्धता व्यक्त गरे ।

यस्तै धन्चौरि समाज समन्वय मञ्चको कोषमा पहिलो चरणमा तीस हजार रुपैयाँ समेत जम्मा भएको जनाएको छ । सो झण्डाको ज्येष्ठ नागरिक हिरालाल बोहराले एक कार्यक्रमका बिच उद्घाटन गरेका हुन् ।