स्थानीय चुनाव : ३९ जिल्लाका लागि मतपत्र छपाइको काम सकियो

स्थानीय चुनाव : ३९ जिल्लाका लागि मतपत्र छपाइको काम सकियो

निर्वाचन आयोगले ३९ जिल्लाका लागि मतपत्र छपाइको काम सकिएको बताएको छ । बिहीबारको पत्रकार सम्मेलन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ३९ जिल्लाका लागि ७० लाखभन्दा बढी मतपत्र छापिसकिएको जानकारी दिएका हुन् ।

‘आगामी स्थानीय तह निर्वाचनका लागि आवश्यक १ करोड ९४ लाख थान मतपत्रमध्ये आज बिहीबार सम्म ३९ जिल्लाको ७० लाख ३३ हजार थान मतपत्र छपाइ सम्पन्न भएको छ,’आयोगले भनेको छ, हाल दैनिक सरदर ८ लाख थान मतपत्र छपाइ कार्य भइरहेको छ ।’

आयोगले सुरुमा दुर्गमका जिल्लाका लागि मतपत्र छपाइ सुरु गरेको थियो ।