धनगढी उपमहानगरमा कार्यरत जनस्वास्थ्य निरीक्षक उपाध्याय विभूषित

धनगढी उपमहानगरमा कार्यरत जनस्वास्थ्य निरीक्षक उपाध्याय विभूषित

धनगढी । धनगढी उपमहानगरपालिकामा कार्यरत जनस्वास्थ्य निरीक्षक लक्ष्मीप्रसाद उपाध्याय विभूषित भएका छन् ।

गत वर्ष असोज ३ गते संविधान दिवसका अवसरमा घोषणा गरिएको विभूषण बिहीवार राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई प्रदान गरेकी हुन्।

उपमहानगरको स्वास्थ्य शाखामा कार्यरत उपाध्यायलाई स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्यबापत  जनसेवा श्री पञ्चम श्रेणी पदकबाट विभूषित गरिएको हो।