भरूवा बन्दुक पड्किँदा एक जनाको मृत्यु

भरूवा बन्दुक पड्किँदा एक जनाको मृत्यु

बारामा भरूवा बन्दुक लागेर एक जनाको मृत्यु भएको छ । जितपुर-सिमरा उपमहानगरपालिका-१६ डकाह टोलका २८ वर्षीय सागर सिंजाली मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । 

उनकाअनुसार मगर दुधौरा खोलामा माछा मारेर फर्किएका थिए। त्यसक्रममा नजिकै सपरू घारीमा सिकारीले जंगली जनावर मार्न राखेको धराप ९भरूवा बन्दुक० पड्किँदा उनको मृत्यु भएको हो। 

भरूवा बन्दुक पड्किँदा उनी घाइते भएका थिए। घाइते भएका उनलाई बयोधा अस्पताल वीरगंज लगिएको थियो। त्यसक्रममा उनको बिहीबार बिहान ३ बजे मृत्यु भएको हो। 

घटनास्थलमा अनुसन्धान गर्न प्रहरी नायब उपरीक्षकको कमान्डमा टोली खटिएको छ। घटनास्थलबाट एक थान भरुवा बन्दुक बरामद भएको छ। प्रहरी नायब उपरीक्षकका अनुसार बन्दुक कसको हो भन्ने खुलेको छैन।