एक हजार युक्रेनी सेनाले आत्मसमर्पण गरेको रुसको दाबी

एक हजार युक्रेनी सेनाले आत्मसमर्पण गरेको रुसको दाबी

रुसले रणनीतिक बन्दरगाह सहर मारिओपोलमा एक हजार युक्रेनी सेनाले आत्मसमर्पण गरेको दाबी गरेको छ ।

रुसी  रक्षा मन्त्रालयले बुधबार पूर्वीयुक्रेनको रणनीतिक बन्दरगाह सहर मारिओपोलमा  एक हजारभन्दा बढी युक्रेनी सैनिकले आत्मसमर्पण गरेको जनाएको हो । सो सहरलाई मस्कोले एक महिनाभन्दा बढी समयदेखि घेरा हालेको छ  ।

‘मारिओपल सहरमा ३६ औँ  मरिन ब्रिगेडका १ हजार २६ युक्रेनी सैनिकहरूले स्वेच्छाले आफ्नो हतियार त्यागे र आत्मसमर्पण गरे’, मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ ।