धनगढीमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको ‘फारवेष्ट ट्राभल मार्ट’ २०२२ हुँदै

धनगढीमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको ‘फारवेष्ट ट्राभल मार्ट’ २०२२ हुँदै

धनगढी । सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले धनगढीमा यही चैत २५ देखि २७ गतेसम्म प्रथम पटक अन्तर्राष्ट्रिय स्तरको ‘फारवेष्ट ट्राभल मार्ट २०२२’  को आयोजना हुने भएको छ।

नेपाल पर्यटन बोर्डको प्रवद्र्धनात्मक सहयोग तथा धनगढी उप-महानगरपालिका र नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्टस् (नाटा) सुदूरपश्चिम प्रदेशको आयोजनामा फारवेष्ट ट्राभल मार्ट २०२२ हुने आज यहाँ आयोजित पत्रकारका सम्मेलनमार्फत जानकारी गराईएको छ । 

मार्टको पहिलो दिन उद्घाटनको औपचारिक कार्यक्रमबाट सुरु भई प्रदेशको पर्यटकीय उपजको व्यावसायिकीकरण गरी आयआर्जनसम्बन्धी कार्यपत्र प्रस्तुत हुने र त्यसपछि आमन्त्रित स्वदेशी तथा विदेशी अथितिसँग व्यावसायिक अन्तरक्रिया तथा छलफलको कार्यक्रम हुने कार्यक्रमका संयोजक मायाप्रकाश भट्टले जानकारी दिए ।

दोस्रो दिन अतिथिलाई धनगढीका धार्मिक तथा पर्यटकीयस्थल शिवपुरी धाम, जाखोर ताल, बेहडाबाबाधामको दर्शन तथा अवलोकन गराई कञ्चनपुरको बेतकोट, लिङ्गा हुँदै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, दोधाराचाँदनी झोलुङ्गेपुललगायत स्थलहरुको भ्रमण गराइने छ।

तेस्रो दिन कैलालीको घोडाघोडी ताल, टीकापुर पार्क र कर्णालीपुल लगायतको भ्रमण तथा अवलोकन र कर्णाली नदीमा र्‍याफ्टिङ गराई धनगढीमा कार्यक्रमको समापन गरिने बताइएको छ। 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा परिचित पर्यटन व्यवसायमा आबद्ध व्यवसायी, टुर तथा ट्रेकिङ गाइडहरु, टुर अपरेटर, छापा एवम् डिजिटल सञ्चारमाध्यमसहित पर्यटन व्यवसायमा आबद्ध करिब तीन सय अतिथि आमन्त्रण गरी व्यावसायिक अन्तरक्रियामार्फत पर्यटन बजारमा प्रदेशका पर्यटकीय उपजहरुलाई प्रचारप्रसार गरी बढीभन्दा बढी पर्यटक भित्र्याउने कार्यक्रमको मुख्य उद्देश्य रहेको छ।

मार्टका लागि सातै प्रदेशका एक-एकवटा, सुदूरपश्चिम प्रदेशका प्रत्येक जिल्लाका लागि एक-एक गरी १६ कक्ष निःशुल्क रहने र बाँकी १४ कक्ष आफ्नो व्यवसाय प्रवद्र्धन गर्न चाहने स्वदेशी तथा विदेशी व्यवसायीलाई बुकिङका लागि खुला गरिएको छ। कार्यक्रमको आयोजनाका लागि करिब ५५ लाख जति अनुमानित खर्च हुने जनाइएको छ।

हेर्नुहोस् विस्तृतमा विज्ञप्ति के-कसरी हुँदै छ ‘फारवेष्ट ट्राभल मार्ट २०२२’...?

सुदूरपश्चिम प्रदेशको पर्यटन विकासमा मद्दत पुग्ने उद्देश्यले यही चैत्र २५ देखि २७ गते धनगढीमा प्रथम पटक अन्तर्राष्ट्रिय स्तरको फारवेष्ट टाभल मार्ट २०२२ आयोजना हुन गईरहेको सहर्ष जानकारी गराउदछौं मार्टको कार्यक्रम स्थल र स्टल धनगढीको रुवस होटलमा हुनेछ । मार्टमा पर्यटन प्रबर्द्धनका लागि ३० वटा स्टल रहनेछन् । 

सातै प्रदेशका लागि १/१ वटा र यस सुदूरपश्चिम प्रदेशका प्रत्येक जिल्लाका लागि १/१ वटा गरी १६ वटा स्टल निःशुल्क रहनेछन् र बाँकी १४ वटा स्टल आफ्नो व्यवसाय प्रबर्द्धन गर्न चाहने स्वदेशी तथा विदेशी व्यवसायीहरुलाई बुकिङ्गका लागि खुल्ला गरिएको । मार्टको पहिलो दिन बिहान ७०० बजे बनदेवी परिसरबाट प्रभातफेरी शुरु हुनेछ भने १०:०० देखि उद्घाटनको औपचारिक कार्यक्रम शुरु हुनेछ साथै सुदूरपश्चिम प्रदेशको पर्यटकीय उपजहरुको व्यवसायीकरण गरी आयआर्जन सम्बन्धी कार्यपत्र प्रस्तुत पनि हुनेछ । 

दिउसो २:०० देखि बेलुकी ६:०० बजे सम्म आमन्त्रित स्वदेशी तथा विदेशी अतिथिहरु सँग व्यवसायीक अन्तरक्रिया (B2B) तथा छलफल कार्यक्रम हुनेछ । दोस्रो दिन २६ गते अतिथिहरुलाई धनगढीमा शिवपुरीधाम जाखोरताल, बेहडाबाबाधाम को दर्शन तथा अवलोकन गराई बेतकोट, लिङ्गा हँदै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, दोधराचादनी झोलुङ्गेपुल लगागत स्थलहरुको भ्रमण गराईनेछ । तेस्रो दिन २७ गते घोडाघोडीताल, टिकापुरपार्क र कर्णालीपुल लगायतको भ्रमणतथा अवलोकन र कर्णाली नदीमा धनगढीमा कार्यक्रमको समापन गरिनेछ । याफिटङ्ग गराई २:०० बजे

मार्ट आयोजनाको सम्झौतापत्र अनुरुप धनगढी उपमहानगरपालिका का नगर प्रमुख श्री नृप बहादुर वड ज्यूको संयोजकत्वमा ७ सदस्यीय निर्देशक समिति गठन गरिएको छ सो समितिको निर्देशन अनुसार कार्यक्रम आयोजना का लागि श्री माया प्रकाश भट्ट ज्यूको संयोजकत्वमा १५ सदस्यीय १ मुल कार्यकारी समिति गठन गरिएको छ । साथै मार्टलाई व्यवस्थित र उपलब्धिमूलक बनाउन विभिन्न समितिहरु गठन गरिएको छ । जसमा सल्लाहकार समितिको संयोजकमा चित्राङ्ग थापा, अनुगमन, मूल्याङ्कन र प्रतिवेदन समितिको संयोजक डा. हेमराज पन्त, सचिवालय व्यवस्थापन संयोजकमा कलम बम, अतिथी आमन्त्रण तथा भ्रमण व्यवस्थापन संयोजकमा परमानन्द भण्डारी, समारोह स्थल तथा मन्त्र व्यवस्थापन संयोजकमा पदमविक्रम सिंह, अतिथी सत्कार, आवास तथा भोजन व्यवस्थापन संयोजकमा जगदीशचन्द भट्ट, अर्थ व्यवस्थापन संयोजकमा धनजय जैशी, सांस्कृतिक तथा झांकी व्यवस्थापन समितिको संयोजकमा पुष्करराज भट्ट र प्रचार-प्रसार समिति संयोजकमा भीम चौधरीलाई जिम्मेवारी प्रदान गरिएको छ ।

धार्मिक, प्राकृतिक, ऐतिहासिक सांस्कृतिक लगायत सबै खाले पर्यटनको प्रचुर सम्भवना हुँदाहुँदै पनि सुदूरपश्चिम प्रदेशको अपेक्षित विकास नहुनमा बजारीकरणको समस्या रहेको महशुस गर्दै विशेष गरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा परिचित पर्यटन व्यवसायमा आबद्ध व्यवसायी टुर तथा ट्रेकिङ गाईडहरु टुर अपरेटरहरु, छापा एबम् डिजिटल सञ्चार माध्यमहरु सहित मुख्य गरेर पर्यटक भन्दा पर्यटन व्यवसायमा आबद्ध करिब ३०० जना अतिथिहरु आमन्त्रण गरि व्यवसायीक अन्तकिया मार्फत पर्यटन बजारमा सुदूरपश्चिम प्रदेशका पर्यटकीय उपजहरुलाई प्रचार प्रसार गरी बढी भन्दा बढी पर्यटक भित्र्याउने मुख्य उद्देश्यका साथ नेपाल पर्यटन बोर्डको प्रबर्द्धनात्मक सहयोग धनगढी उपमहानगरपालिका र नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) सुदूरपश्चिम प्रदेश संघको आयोजना तथा सुदूरपश्चिम प्रदेशमा पर्यटन व्यवसायमा आबद्ध विभिन्न संघ संस्थाहरु होटल व्यवसायी संघहरु, उद्योग वाणिज्य संघहरु, संचार माध्यम लगायतको सहकार्यमा मार्टको तयारी अन्तिम चरणमा पुगेको छ ।

यसै क्रममा फारवेष्ट ट्राभल मार्ट २०२२ को निमन्त्रणाका लागि मार्ट मुल आयोजक समितिका सदस्यहरु प्रदेश सरकारका प्रतिनिधि नेपाल पर्यटन बोर्ड का प्रतिनिधि होटल तथा पर्यटन व्यवसायीहरु सहितको २० जनाको प्रतिनिधि मण्डलले “देवभूमि सुन्दर ठाउ, सुदूरपश्चिम घुम्न जाउ" भन्ने नारा सहित यही चैत्र ९ गते लुम्बिनी प्रदेशको बुटवलमा १० गते बागमति प्रदेशको नारायणगढ, चितवनमा र मधेश प्रदेशको जनकपुरमा ११ र १२ गते १ नं. प्रदेशको धरानमा र चैत्र १४ गते काठमाण्डौमा व्यवसायीक अन्तक्रिया सहित फारवेष्ट टाभल मार्ट -२०२२ आयोजनाको मुख्य उद्देश्य र लक्ष्य सम्बन्धि जानकारी सहित निमन्त्रणा गर्दै आज २३ गते धनगढीमा यहाँहरु समक्ष पत्रकार सम्मेलन गर्दैछौं । हिमाल पहाड र तराईको समावेशी भुगोल र रहेको सुदूरपश्चिम प्रदेश पर्यटन मात्र नभएर जल, जमिन, जंगल, जडिबटी र जलस्रोतको अपार सम्भावना भएको प्रदेशको रुपमा निर्विवाद छ । खप्तड, बडिमालिका जस्ता भूस्वर्ग ले परिचित अलौकिक पर्यटकीय स्थल सहित रामारोशन शुक्लाफाँटा, जहाँ हजारौको संख्यामा बाह्रसिंगाको झुण्ड देख्न पाईने एकमात्र स्थान)

,घोडाघोडी, टिकापुर,चिसापानी, कर्णालीपुल, चांदनीदोधरा झोलुंगेपुल तराई, पहाड र हिमाली क्षेत्रमा रहेका असंख्य तालतलैया, छाँगा, छहरा भरना, अपी सैपाल हिमाल आदी प्राकृतिक मनोरम स्थलहरु यस प्रदेशका प्राकृतिक सौन्दर्यहरु हुन् । धार्मिक हिसाबले यो प्रदेश पबित्र देब भुमि हो । अरु धाम १०० पटक परशुरामधाम १ पटक भन्ने जन श्रुति रहेको परशुरामधाम सहित मालिकार्जुन, वैजनाथ, गोदावरी, पत्तालभुमेश्वर शिवपुरी, बेहडाबाबा लगायत, शिवधामहरु, बडिमालिका, शैलेश्वरी, उग्रतारा, त्रिपुरा, मेलौली निंगलाशैनी, सुर्मादेवी जस्ता प्रसिद्ध धार्मिक तीर्थस्थलहरुले सुदूरपश्चिम देवस्थल हो । धर्म कला, भाषा साहित्य र संस्कृतिमा पनि सुदूरपश्चिम प्रदेशको अलग पहिचान रहेको छ सेती,कर्णाली र महाकालीको र्याफटिंग पश्चिम सेती चमेलिया आदी जस्ता विधुतिय क्षमता भएका धेरै नदीनालाहरु छन् भने यार्सागम्बा, सिलाजित, ओखर, पाँचऔंले, नीरमसी आदी बहुमल्य जडीबुटी सुदूरपश्चिम प्रदेशमा पाईन्छ भने कैलाली र कञ्चनपुर जस्ता खाद्यान्नको उर्वरा भुमि सहित पहाड़ी क्षेत्रको अर्ग्यानिक उत्पादन विषेश छ । धार्मिक र मनोरम सुन्दरताका लागि मात्र नभएर विभिन्न खोज, अध्ययन, अनुसन्धान तथा परीक्षणका लागि पनि सुदूरपश्चिम प्रदेश उत्कृष्ट गन्तव्य हो ।

उल्लेखित विविध पर्यटकीय गन्तव्यहरुको महत्व सहितको विस्तृत जानकारी आमन्त्रित अतिथि पर्यटन व्यवसायीहरु र पत्रकारहरु मार्फत सम्भावित बजारमा पुर्याई यस प्रदेशमा पर्यटकीय गतिविधि लाई व्यवसायीकरण गर्दै रोजगारी आयआर्जनबाट मुलुकको अर्थतन्त्रमा ठूलो टेवा पुर्याउने मार्टको निर्दिष्ट लक्ष्य हो ।

अतःयसै पत्रकार सम्मेलन मार्फत हामी सम्पूर्ण पर्यटन व्यवसायीज्यूहरु पत्रकारज्यूहरु, तथा आन्तरिक र वाह्य पर्यटकहरुलाई सुदूरपश्चिम ट्राभलमार्ट-२०२२ मा सहभागिता लागि हार्दिक आमन्त्रण गर्दछौं । धन्यवाद ।

माया प्रकाश भट्ट
संयोजक
फारवेष्ट ट्राभल मार्ट २०२२, धनगढी