बुद्ध एयरको विमान नेपालगञ्जमा आकस्मिक अवतरणपछि काठमाडौं पुग्यो

बुद्ध एयरको विमान नेपालगञ्जमा आकस्मिक अवतरणपछि काठमाडौं पुग्यो

बुद्ध एयरको विमान नेपालगञ्जमा आकस्किम अवतरणपछि काठमाडौँ पुगेको छ । धनगढीबाट काठमाडौँका लागि उडेको विमानमा सवार एक यात्रुमा स्वास्थ्य समस्या देखिएपछि नेपालगञ्जमा अवतरण गरिएको हो ।

नेपालगञ्ज विमानस्थलमा स्वास्थ्यकर्मी र एम्बुलेन्सको व्यवस्था गरिएको थियो । विमानस्थलमै स्वास्थ्य जाँच गरिएको र उनको अवस्था ठिक रहेको बुद्ध एयरले जनाएको छ ।

ती यात्रु नेपालगन्ज विमानस्थलबाट आफन्तका साथ बाहिरिएपछि बुद्धको उक्त जहाज काठमाडौँ आएको हो ।