मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

पर्साको जिरा भवानी गाँउपालिका–१ गम्हरियामा मंगलबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार अन्दाजी ४० वर्षीय हेमन्त दास रहेका छन् । दुर्घटनामा परी गम्भीर घाइते भएका दासको उपचारको क्रममा विरगंजस्थित एलएस न्युरो अस्पतालमा साँझ सवा ६ बजे मृत्यु भएको हो ।

मंगलबार साँझ ५ बजे उनी सवार रहेको भारतीय नम्बरको मोटरसाइकल नियन्त्रण गुमाएर पल्टिएको थियो । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।