दार्चुलाको छाङरुस्थित सीमा प्रशासन कार्यालयद्धारा ६ वर्षपछि सेवा सुरु

दार्चुलाको छाङरुस्थित सीमा प्रशासन कार्यालयद्धारा ६ वर्षपछि सेवा सुरु

दार्चुला । व्यास गाउँपालिका–१ छाङरुस्थित सीमा प्रशासन कार्यालयको सेवा दार्चुला सदरमुकाम खलंगास्थित तिङ्करबाट सुरु गरिएको छ । व्यास क्षेत्रका जनतालाई सेवा दिने उद्देश्यले २०३४ सालमा स्थापना गरिएको सीमा प्रशासन कार्यालयमा विगत छ ।

वर्षदेखि कर्मचारी अभावमा जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट सेवा प्रवाह भइरहेको थियो। व्याँसी सौँका समुदायले कुञ्चा सरेपछि वैशाखदेखि छाङरुस्थित कार्यालयबाटसमेत सेवा दिने गरेर अहिले खलंगाबाटै सीमा प्रशासन कार्यालयको काम भइरहेको कार्यालय प्रमुख एवम् शाखा अधिकृत मोहनसिंह धामीले जानकारी दिनुभयो।

खलंगास्थित कार्यालयमा छ जना कर्मचारी कार्यरत छन्। एक जना शाखा अधिकृत, एक जना नायब सुब्बा, एक जना खरिदार, एक सह लेखा पाल (सलेप) र दुई जना कार्यालय सहयोगी गरी सीमा प्रशासन कार्यालयमा छ जनाको दरबन्दी रहेको शाखा अधिकृत धामीले बताउनुभयो ।

सोमबारदेखि खलंगाबाट सेवा प्रवाह सुरु गरिएको छ। कार्यालय सञ्चालनमा आएको पहिलो दिन सात जनाले पास लिएका छन्।