प्रधानमन्त्री देउवाद्वारा चोभार सुक्खा बन्दरगाहको उद्घाटन

प्रधानमन्त्री देउवाद्वारा चोभार सुक्खा बन्दरगाहको उद्घाटन

प्रधानमन्त्री शेरबहादुर देउवाले चोभार सुक्खा बन्दरगाहको उद्घाटन गर्नुभएको छ । मंगलबार प्रधानमन्त्री देउवाले औपचारिक रुपमा बन्दरगाह उद्घाटन गर्नुभएको हो ।

वीरगञ्जबाट आएको मालबाहक ट्रकलाई प्रवेश गराएर आजदेखि बन्दरगाह सञ्चालनमा ल्याइएको छ । बन्दरगाह सञ्चालनमा आएपछि अब व्यवसायीले आयात गरेको वस्तु बन्दरगाह भन्सार कार्यालयबाट जाँचपास गराउन पाउने छन् ।

नेपाल भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजनाअन्तर्गत चोभारको दुई सय २८ रोपनी क्षेत्रफलमा सुक्खा बन्दरगाह निर्माण भएको छ । २०७५ माघ ३ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बन्दरगाह निर्माणको शिलान्यास गर्नुभएको थियो ।