बैतडीमा नदीले बगाएर एक जनाको मृत्यु

बैतडीमा नदीले बगाएर एक जनाको मृत्यु

बैतडी । चौलानी नदीमा बगेर बैतडीका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका —६ सौगाउँका ४५ वर्षीय खडक बोहरा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।

मंगलबार बिहान ११ बजेतिर बांगाबगर भन्ने स्थानमा नदीबाट गाई तार्ने क्रममा बोहरालाई नदीले बगाएको स्थानीयहरूले बताएका छन् ।

बांगाबगरबाट नदीले बगाएका बोहराको शव दोगडाकेदार गाउँपालिका —६ चम्तडीको नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ । उनको शव पोष्टमार्टमका लागि गोकुलेश्वर अस्पातलमा राखिएको छ ।