पूर्ण पाठ नपठाउदा कैलाली उद्योग वाणिज्य सघको निर्वाचनमा ढिलाई

पूर्ण पाठ नपठाउदा कैलाली उद्योग वाणिज्य सघको निर्वाचनमा ढिलाई

धनगढी–उच्च अदालत दिपायलले पूर्ण पाठ नपठाउदा कैलाली उद्योग वाणिज्य सघको निर्वाचनमा ढिलाई भएको छ । 

चुनाव रोक्न माग गर्दै परेको मुद्धामा परमादेश आदेश जारी गर्दै अदालतले संघका नक्कली सदस्यहरुलाई करको दायरामा ल्याउन र जिल्ला प्रशासन कार्यालय कैलालीको रोहवरमा नयाँ नेतृत्व चयन गर्न निर्देशन दिएको थियो । 

तर, अहिलेसम्म पनि अदालतले परमादेशको पूर्ण पाठ उपलब्ध नगराउदा जिल्ला प्रशासन कार्यालय, उद्योग वाणिज्य सघका कर्मचारी अन्यौलमा छन । 

गत बैशाख २२ गतेका लागि तोकिएको कैलाली उद्योग वाणिज्य सघको चुनावको प्रचारप्रंसारदेखि उम्मेद्वारले उम्मेद्वारी समेत दर्ता गरेपछि उच्च अदालत दिपायलले निर्वाचनको पूर्वसन्ध्यामा वैशाख २० गते निर्वाचन स्थगित गर्न आदेश दिएको थियो । 

चुनावका लागि गैर व्यवसायीलाई सदस्य बनाएको भन्दै उच्च अदालत दिपायलमा दुई वटा रिट परेपछि अदालतले चुनावी साधारण सभा नरोकेमा कानुन विपरित दर्ता भएका व्यवसायीवाट राजश्व गुम्ने र अस्वच्छ प्रतिस्पर्धा हुने ठहर गर्दैे अर्को आदेश नआए सम्म चुनाव स्थगित गर्न आदेश दिएको थियो । 

त्यसपछि असार १७ गते अदालतले परमादेश आदेश जारी गर्दै संघका नक्कली सदस्यहरुलाई करको दायरामा ल्याउन र जिल्ला प्रशासन कार्यालय कैलालीको रोहवरमा नयाँ नेतृत्व चयन गर्न निर्देशन दिएको थियो । 

तर, आदेशको एक महिना पुग्नै लाग्दा पनि अदालतले आदेशको पुर्ण पाठ उपलब्ध नगराउदा चुनावमा ढिलाई भईरहेको हो ।

चुनाव गराउन समन्वयकारी भुमिका खेल्नु भनेको जिल्ला प्रशासन कार्यालयमा अझै पूर्ण पाठ आईनसकेको प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले बताए ।

चुनाव गराउने विषयमा जिल्ला प्रशासन कार्यालयले केही दिन अगाढी कैलाली उद्योग वाणिज्य सघ, मुद्धा दायर गर्ने व्यक्ति, व्यापारी लगायतसग छलफल समेत गरेको थियो । 

तर, सो छलफल पनि अदालतले पूर्ण पाठ नदिदा चुनाव गराउन नसकिने भन्दै विना निष्कर्ष टुङगिएको थियो । पूर्ण पाठ नआउदा चुनाव कसरी गराउने भन्ने विषयमा प्रशासनका कर्मचारी र सघका पदाधिकारी अन्यौलमा परेका छन ।

अदालतले परमादेशको आदेश मात्रै जारी गरेकाले कसरी निर्वाचन गराउने विषयमा अझै अन्यौलता रहेको कैलाली उद्योग वाणिज्य सघले जनाएको छ । पूर्ण पाठ आएपछि सवै कुरा अध्ययन गरेर निर्वाचन गरिने सघका अध्यक्ष शकर वोगटी जानकारी दिए ।

अदालतबाट साउन महिनाको अन्त्यसम्म मात्रै पूर्ण पाठ आउने देखिएको छ । पूर्ण पाठ तयार भईसकेपनि न्यायधिसहरु गत आर्थिक वर्षको समिक्षाका लागि जिल्ला बाहिर रहेका कारण साउन महिनाको अन्तिमतिर मात्रै पूर्ण पाठ पठाईने अदालतका बैतनिक भुपाल राज जोशीको भनाई छ । 

यसअघि बैशाख २२ गते स्थगित गरिएको चुनावमा पुष्प कुवर र रुपेश स्वार प्यानल सहित चुनावी मैदानमा थिए ।