यो हो विश्वकै सबैभन्दा महँगो मोटरसाइकल

यो हो विश्वकै सबैभन्दा महँगो मोटरसाइकल

विश्वकै सबैभन्दा महँगो मोटरसाइकलको मूल्य कति हुन सक्ला ? १० लाख, २० लाख या ५० लाख ? होइन तपाईंलाई पत्यार नै नलाग्न सक्छ । यसको मूल्य करिब ९ करोड नेपाली रुपैयाँ पर्दछ ।

यो मोटरसाइकल हार्ले डेविडसनको हो जुन विश्वकै सबैभन्दा महँगो हो । उनले यो बाइकलाई सुनको परतबाट बनाएका हुन् ।

साधारण मानिसलाई यो महँगो लागे पछि कम्पनीको दावी छ कि धनी शौखिनहरुका लागि यो मूल्य धेरै होइन । यो बाइक डेनमार्कको लज जेनसेन कम्पनीले बनाएको हो । केही समय पहिले यो बाइक जर्मनीको हैम्बर्गमा प्रदर्शन गरिएको थियो ।