बलात्कारपछि हत्या घटना : चारदिनपछि अन्त्येष्टि

बलात्कारपछि हत्या घटना : चारदिनपछि अन्त्येष्टि

धनगढी : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भिमदत्त नगरपालिका,  २ उल्टाखामकी १३ वर्षिया निर्मला पन्तको दाहसस्कार गरिएको छ । 

शुक्रवार विहानै बलात्कारपछि हत्या गरिएको अवस्थामा उखुवारीमा फेला परेकी निर्मलाको सोमवार विहान चारदिनपछि महाकाली आर्यघाटमा अन्त्येष्टि गरिएको हो । 

निर्मललाई बुबा यज्ञराज पन्तले दागबत्ती दिएका थिए । छोरीलाई दागबत्ती दिदै यज्ञराजले हत्यारालाई कडा सजाय दिन माग गरे । ‘मेरी छोरीलाई बलात्कारपछि हत्या गर्नेलाई कडा कारवाही भएको देख पाउ ।’ उनले भने । 

आइतबार नै दाहसंस्कार गर्ने भनि परिवार तयार भएपनि स्थानीयको आन्दोलन र विरोधले गर्दा हुन सकेको थिएन । आईतवार राती भएको सहमतिमा जिल्लाका राजनीतिक दलले आन्दोलन नगर्ने प्रतिवद्धता जनाएका छन । 

हत्याको छानबिनका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोली महेन्द्रनगर पुगिसकेको छ । टोलीले अनुसन्धान अघि बढाएको जनाएको छ ।

भीमदत्त नगरपालिका वडा नम्बर २ उल्टाखाम घर भएकी १३ वर्षिया निर्मला पन्तको बिहीवार हत्या भएको हो । बिहीबार दिउसो साथीको घरमा अध्ययन गरेर फर्किएकी उनको हत्या भएको अवस्थामा शुक्रबार बिहान शव फेला परेको थियो ।

कञ्चनपुरको बेदकोट नगरपालिका मेयर अशोक चन्दले मृतक निर्मलाका परिवारलाई किरिया खर्च स्वरुप महाकाली घाटमै नगद १० हजारसहयोग गरेका छन ।