२०७६ सालमा सरकारले दियो १५ दिन सार्वजनिक विदा

२०७६ सालमा सरकारले दियो १५ दिन सार्वजनिक विदा

काठमाडौं : सरकारले २०७६ सालमा १५ दिन सार्वजनिक विदा दिएको छ । शुक्रबार राजपत्रमा सूचना प्रकाशित गरी गृह मन्त्रालयले देशैभरी विदा हुने गरी जम्मा १५ दिनमात्र सार्वजनिक विदा दिएको हो ।

वैशाख महिनामा सरकारले नयाँ वर्षका दिन वैशाख १ गते आइतबार र विश्व मजदुर दिवसका दिन वैशाख १८ गते बुधबार देशभर सार्वजनिक विदा दिइएको छ ।जेठ महिनामा एक दिनमात्र ४ गते शनिबार सार्वजनिक विदा दिइएको छ ।

असार, साउन र भदौ महिनामा एक दिन पनि देशभर लागू हुने गरी सार्वजनिक विदा दिइएको छैन ।असोज ३ गते शुक्रबार संविधन दिवसको दिन सार्वजनिक विदा दिइएको छ । असोजमै १८ गते शनिबारदेखि २२ बुधबारसम्म अर्थात फूलपातीदेखि एकादशीसम्म ५ दिन सार्वजनिक विदा दिइएको छ ।

कात्तिक महिनामा तिहारका तीन दिन विदा परेको छ । कात्तिक १० गते आइतबारदेखि १२ गते मंगलबारसम्म अर्थात लक्ष्मीपूजादेखि भाइटीकासम्म ३ दिन विदा दिइएको छ ।

मंसिर, पुस र माघ महिनामा देशभर लागू हुने गरी विदा दिइएको छैन । फागुन महिनामा ९ गते शुक्रबार महाशिवरात्रीमा र फागुन २५ गते आइतबार अन्तर्राष्ट्रिय महिला दिवसमा सार्वजनिक विदा दिइएको छ । त्यस्तै फागू पूर्णिमाका दिन फागुन २६ गते सोमबार पहाड र भित्री मधेसका ५८ जिल्लामा र बाँकी जिल्लामा फागुन २७ गते मंगलबार सार्वजनिक विदा दिइएको छ ।चैत महिनामा भने सार्वजनिक विदा परेको छैन ।

महिला कर्मचारीहरुलाई भनौ १६ गते सोमबार तीजका दिन सार्वजनिक विदा दिइएको छ । जितिया पर्व मनाउने मधेसका महिला कर्मचारीले भने असोज ५ गते आइतबार पनि विदा पाउनेछन् ।त्यस्तै अपांगता भएका कर्मचारीलाई मंसिर १७ गते मंगलबार अन्तर्राष्ट्रिय अपांगता दिवसमा विदा दिइएको छ ।शिक्षण संस्थाहरुमा माघ १६ गते विहीबार श्रीपञ्चमीको दिन पनि विदा दिइएको छ ।

धर्म, संस्कृति र भौगोलिक क्षेत्र अनुसार पनि विदा

सरकारले धर्म, संस्कृति, भौगोलिक क्षेत्र, स्थान विशेषका लागि पनि सार्वजनिक विदा दिएको छ ।जसमा काठमाडौं उपत्यकामा ४ वटा जात्राको दिन विदा दिइएको छ । जसमा साउन ३१ गते शुक्रबार गाईजात्रा, भदौ २७ गते शुक्रबार इन्द्रजात्रा, चैत ११ गते मंगलबार घोडेजात्रा र मत्येन्द्रनाथको भोटो देखाउने जात्राको दिन विदा दिइएको छ ।

त्यस्तै कात्तिक २५ गते सोमबार फाल्गुनन्द जयन्तीमा किराँत धर्माबलम्बीलाई र कात्तिक २६ गते मंगलबार गुरु नानक जयन्तीमा नेपाली शिख धर्माबलम्बीलाई विदा दिइएको छ ।

किरात, राई, याख्या, सुनुवार, लिम्बुजातिले उभौली पर्व – चण्डी पूर्णिमा ९वैशाख पूर्णिमा०का दिन जेठ ४ गते शनिबार विदा पाउनेछन् । किरात समुदायको उधौली पर्व, नेवार समुदायको योमरी पुन्ही – ज्यापु दिवस ९मंसिर पूर्णिमा, धान्य पूर्णिमा० का दिन मंसिर २६ गते बिहीबार उनीहरुलाई सार्वानकि विदा दिइएको छ ।

सुदूरपश्चिम क्षेत्रमा गौरा पर्वका दिन भदौ ६ गते शुक्रबार विदा हुनेछ । मधेसमा कात्तिक १६ गते शनिबार छठ पर्वको विदा हुनेछ ।

इस्लाम धर्मावलम्बीहरुले इद इदुल्ल फित्र र इदुल ९इदुल जोहा० का दिन विदा पाउनेछन् । इसाइ धर्मावलम्बीलाई क्रिसमस डेमा पुस ९ गते बुधबार विदा हुनेछ ।

गुरुङ समुदायले तमु ल्होसारमा पुस १५ गते मंगलबार विदा पाउनेछन् । माघे संक्रान्तिमा माघ १ गते बुधबार थारु, मगर, छन्त्याल जातिलाई विदा दिइएको छ । तामाङ समुदायले माघ ११ गते शनिबार सोनम ल्होसारमा विदा पाउनेछन् ।हिमाली आदिवासी शेर्पाहरुले ग्याल्बो ल्होसारको दिन फागुन १२ गते सोमबार विदा पाउनेछन् ।

त्यस्तै झापा, मोरङ सुनसरी, सिरहा, सप्तरी जिल्लाहरुमा सिरुवा पावनी पर्व मनाइने दिन विदा दिइएको छ । धबथाम्बु थेउचिक पर्व मनाउने जिल्लाहरुमा उक्त दिन विदा दिने राजपत्रमा उल्लेख गरिएको छ ।