बलात्कारपछि हत्या गरिएको घटनाको अनुसन्धान गर्न सिआइबीको टोली महेन्द्रनगरमा

बलात्कारपछि हत्या गरिएको घटनाको अनुसन्धान गर्न सिआइबीको टोली महेन्द्रनगरमा

धनगढी : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिका– २ कि १३ वर्षीय निर्मला पन्त घटनाको अनुुसन्धानका लागि केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) को टोली महेन्द्रनगर पुगेको छ ।

कञ्चनपुर प्रहरीले अनुसन्धानमा वेवास्था गरेको स्थानीयको आरोपपछि (सिआइबी) को टोली महेन्द्रनगर पुगेका हो । 

घटनाको अनुसन्धानका लागि प्रहरी नायव उपरिक्षक अंगुर जिसी नेतृत्वको तीन सदस्यीय टोली कञ्चनपुर आएर अनुसन्धान गर्न गालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक ज्ञान बहादुर सेठीले बताए । 

शुक्रबार भीमदत्त नगरपालिका– २ कि १३ वर्षीय निर्मला पन्त भीमदत्तनगर १८ निम्बुखेडाको उखुबारीमा मृत फेला परेकी थिइन् । 

स्थानीय सरस्वती उच्च माविमा कक्षा ९ मा अध्ययनरत निर्मला बिहीबार ११ बजे भीनपा १८ मा रहेको साथीको घरमा होमवर्क गर्न जाने भन्दै गएकी थिइन् । 

प्रहरीले गम्भीरतापूर्वक घटनाको अनुसन्धान नगरेको भन्दै महेन्द्रनगरमा स्थानीयले दैनिक प्रदर्शन गर्दै आएका छन् । प्रदर्शनमा क्रममा शुक्रबार र शनिबार प्रहरी र स्थानीयबीच झडपसमेत भएको थियो । विभिन्न विद्यार्थी संगठनले समेत आइतबार प्रदर्शन गरेका थिए ।

सेठीले घटनाको अनुसन्धान भइरहेको बताए पनि हालसम्म प्रहरीले हत्यारालाई पक्राउ गर्न नसकेको जानकारी दिए ।