बझाङमा २२ वर्षीया भाइबुहारीलाई जबरजस्ती करणी गरेको आरोपमा जेठाजु पक्राउ

बझाङमा २२ वर्षीया भाइबुहारीलाई जबरजस्ती करणी गरेको आरोपमा जेठाजु पक्राउ

बझाङमा भाइबुहारीलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । २२ वर्षीया भाइबुहारीलाई बलात्कार गरेको आरोपमा प्रहरीले आइतबार ४२ वर्षीय जेठाजुलाई पक्राउ गरेको हो ।   चैत १२ बेलुकी युवतीको कोठाभित्र प्रवेश गरी हात र मुख च्यापेर जबरजस्तीकरणी गरेको भनेपछि पीडितले १३ चैतमा उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

उजुरीपछि परिचालन गरिएको प्रहरीले टोलीले ती पुरुषलाई केदारस्युँ गाउँपालिका–१, देउरा बजारबाट पक्राउ गरिएको डिएसपी ज्ञानबहादुर विष्टले जानकारी दिए । आइतबार नै स्वास्थ परीक्षण गरी युवतीलाई महिला सुरक्षित आवास गृह सेभ हाउसको जिम्मा लगाइएको छ । 

भाइबुहारी बलात्कारको आरोप लागेका जेठाजुलाई नियन्त्रणमा लिइ जबरजस्ती करणीअन्तर्गत मुद्दा चलाएर जिल्ला अदालत बझाङले सोमबार ३ दिनको म्याद थप गरेको प्रहरीले जनाएको छ ।