मिर्गौला पीडितलाई प्रधानमन्त्रीको सुझाव–खानपिन र व्यायाममा ध्यान दिनुहोस्

मिर्गौला पीडितलाई प्रधानमन्त्रीको सुझाव–खानपिन र व्यायाममा ध्यान दिनुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला सुरक्षाका लागि खानपान र शारीरिक व्यायाममा ध्यान दिनुपर्ने बताएका छन् ।

विश्व मिर्गौला दिवसका अवसरमा विहीबार त्रिवि शिक्षण अस्पतालमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले मिर्गौलाको सुरक्षामा ध्यान दिन सबैलाई आग्रह गरे ।

प्रधानमन्त्री ओलीले गम्भीर समस्याका रूपमा बढेको भन्दै मिर्गौला बचाउन सचेतना फैलाउन आग्रहसमेत गरे ।

प्रधानमन्त्री ओली विगतमा आफैं मिर्गौलाका बिरामी थिए । भारतको अपोलो अस्पतालमा प्रधानमन्त्री ओलीका दुबै मिर्गौला प्रत्यारोपण गरिएका हुन् । दुबै मिर्गौला प्रत्यारोपण गरेपछि पनि सक्रिय राजनीतिक जस्वन बिताइरहेका प्रधानमन्त्री ओली सम्पूर्ण मिर्गौला रोगीका लागि प्रेरणाका स्रोत समेत हुन् ।

विहीबार त्रिवि शिक्षण अस्पतालमा नेफ्रोलोजी विभाग, फिजिसियन फर सोसियल रेस्पोन्सबिलिटी नेपाल ९पीएसआरन० र स्वतन्त्र विद्यार्थी यूनियनले आयोजना गरेको  मिर्गौला दिवसमा प्रधानमन्त्री ओली सहभागी बने । प्रधानमन्त्री ओली आयोजकहरुसँगै पैदल यात्रा गरेर अस्पतालसम्म पुगेको उनको सचिवालयले जानकारी दिएको छ ।