अछाम : विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको कारण अछामको जनजीवन प्रभावित भएको छ । बन्दको कारण बिहानैदेखि मुख्य सडकहरुमा गाडी चल्न सकेका छैनन् ।
सदरमुकामदेखि गाउँ जाने ग्रामीण सडकको विभिन्न स्थानहरुमा विप्लवका कार्यक्रताहरुले विभिन्न ठाउँमा ढुङ्गा तथा रुख ढालेर सडक अवरुद्ध गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज शेरबहादुर विश्वकर्माका अनुसार अछाम सदरमुकाम मङ्लसेन र साफेबगरबाट गाउँ जाने कुनै सबारी साधन चल्न दिएको छैन् ।
तर विद्यालय र अस्पतालमा भने कुनैपनी प्रतिबन्ध लगाइएको छैन । बन्दको कारण मंगलसेन, साफे, विनायक, कमलबजार, बेलखेत र चौखुट्टेमा रोकिएका यात्रुहरू समस्यामा परेका छन ।
बन्दलार्इ मध्यनजर गर्दै जिल्लाभर व्यापक सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी निरीक्षक कलेन्द्र बिक्रम शाहीले बताए ।