घरेलु मैदानमा भारत पराजित, सिरिज अष्ट्रेलियालाई

घरेलु मैदानमा भारत पराजित, सिरिज अष्ट्रेलियालाई

उसमान ख्वाजाको उत्कृष्ट प्रदर्शनमा प्रेरित अष्टेलियाले भारतविरुद्धको पाँच एकदिवसीय अन्तराष्ट्रिय सिरिज कब्जा गरेको छ ।

अन्तिम दिन बुधबार घरेलु टोली भारतलाई ३५ रनले पराजित गर्दै अष्टेलियाले सिरिज ३–२ ले जितेको हो । 

दिल्लीस्थित फिरोज कोट्ला रंगशालामा २ सय ७३ रनको लक्ष्य पछ्याएको भारत निर्धारित ५० ओभरमा २ सय ३७ रनमा अलआउट भयो। भारतका लागि रोहित शर्माले सर्वाधिक ५६ रन बनाएका थिए ।

अर्धशतकिय इनिङससँगै रोहितले करियरको ८ हजार एकदिवसीय रन पूरा गरे । भुवनेश्वर कुमारले ४६ रन बनाउँदा केदार जादबले ४४ रन बनाए । कप्तान विराट कोहली २० रनमा पभेलियन फर्किंदा शिखर धवनले १२ रन जोडे । 

अष्ट्रेलियाका जाम्पाले ३ तथा कुमिन्स, जे रिचार्डसन र मार्कस स्टोनिसले २–२ विकेट लिएका थिए । यसअघि पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै २ सय ७२ रन बनाएको थियो ।

अष्ट्रेलियाका लागि उस्मान ख्वाजाले शतक बनाए । उनले १० चौका र २ छक्का प्रहार गरे । पिटर ह्याण्ड्कम्बले ५२ रन बनाउँदा रिचार्डसनले २९, कप्तान एरोन फिन्चले २७ रन जोडेका थिए । 

मार्कस स्टोइनेस र एस्टनले २० –२० रन बनाउँदा कुमिन्सले १५ रन जोडेका थिए । भारतका भुवनेश्वर कुमारले ३ विकेट लिदाँ मोहमद समी र रबिन्द्र जडेजाले समान २–२ विकेट लिएपनि टोलीलाई जिताउन असफल भए ।

यसअघि अष्टेलियाले भारतबिरुद्धको ट्वान्टी–२० सिरिज पनि जितेको थियो ।