बालिकाको बलात्कारपछि हत्याको विरोधमा तात्यो महेन्द्रनगर

बालिकाको बलात्कारपछि हत्याको विरोधमा तात्यो महेन्द्रनगर

धनगढी : बलात्कारपछि हत्या गरिएकी बालिकाको हत्यारालाई पत्ता लगाउन माग गर्दै शनिबार दोस्रो दिन पनि महेन्द्रनगरमा प्रर्दशन भएको छ।

भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको शव शुक्रबार बलात्कारपछि हत्या गरिएको अवस्थामा उखुबारीमा भेटिएपछि नै उनका आफन्त र सर्वसाधारणले दोषी चाँडो कानुनी दायरामा ल्याउन माग गर्दै प्रदर्शन जारी राखेका हुन्।

शुक्रबार महेन्द्रनगरमा भएको विरोधमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा दुई प्रहरीसहित तीनजना घाइते भएका थिए। आफन्तले शनिबार रातिसम्म पनि शव बुझ्न मानेका छैनन्।

शनिबार बिहानैदेखि बालिकाको बलात्कारपछि हत्या गर्नेलाई चाडो पक्राउ गरी कडा सजाय दिनुपर्ने माग गर्दै भइरहेको प्रदर्शन बेलुकासम्म चलेको थियो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक (डिएसपी) तथा प्रवक्ता ज्ञानबहादुर सेठीका अनुसार जिल्ला प्रसाशन कार्यालय अगाडि प्रर्दशन गरिएको छ। सुरक्षाका लागि प्रहरीको बाक्लो उपस्थिति छ।

प्रहरीले भने अनुसन्धान जारी राखेको जनाएको छ। ‘बालिकाको शव फेला पर्ने बित्तिकै प्रहरी निरीक्षक टेकेन्द्र खडकाको नेतृत्वमा आठजनाको अनुसन्धान टोली गठन गरिसकेका छौँ,’ प्रहरी नायव उपरिक्षक सेठीले भने, ‘अनुसन्धान जारी छ ।

शंका लागेकालाई पक्राउ गरेर सोधपुछ गरिरहेका छौँ।’