फाुगन २३ पछि अनिश्चत बनेको प्रदेश सभाको बैठक चैत १ गते बस्दै

फाुगन २३ पछि अनिश्चत बनेको प्रदेश सभाको बैठक चैत १ गते बस्दै

धनगढी : फागुन २३ गते संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी र पूर्व उप प्रधानमन्त्री तथा अर्थ मन्त्री भरत मोहन अधिकारीको निधनमा शोक मनाउँदै अनिश्चितकालका लागि स्थगित भएको प्रदेश सभा बैठक चैत १ गते बस्ने भएको छ ।

प्रदेश सभामा छलफलका लागि विषयबस्तु नभएपछि शोक प्रस्ताव पारित गर्दै स्थगित गरिएको बैठक चैत १ गते बस्ने गरी बोलाइएको छ ।

प्रदेश सभा सञ्चालन सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक २०७५ र वातावरण संरक्षण सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक २०७५ माथि बिषयगत समितिका प्रतिवेदन सचिवालयमा दर्ता भएपछि बैठक राखिएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।

यतै प्रदेश सभा सचिवालयमा स्वरोजगार कोष स्थापना गर्ने सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक २०७५ पनि दर्ता भएको सचिवालयकका सचिव बालाराम शर्माले जानकारी दिनुभयो ।

चैत १ गतेका लागि सभा बैठक बोलाइएपछि फागुन ३० गते कार्य ब्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । सभामुखको अध्यक्षतामा हुने कार्य ब्यवस्था परामर्श समितिले प्रदेश सभाको बैठकको कार्यसूच तय गर्छ ।