पुरुष क्रिकेटमा सुदुरपश्चिम र प्रदेश नम्बर एक विजयी

पुरुष क्रिकेटमा सुदुरपश्चिम र प्रदेश नम्बर एक विजयी

धनगढी : पुरुष क्रिकेटमा पनि सुदुरपश्चिम प्रदेशले विजयी सुरुवात गरेको छ । आज भएको पहिलो खेलमा कर्णाली प्रदेशलाई ८ विकेटले हराउँदै सुदुरपश्चिमले विजयी सुरुवात गरेको हो । टस जितेर पहिले व्याटिङ गर्दै कर्णालीले २० ओभरमा ९ विकेट क्षतिमा ९४ रन बनायो ।

उसका लागि दिवान पुनले २२ र हेमन्त ओलीले १० रन बनाउनु बाहेक अन्यले दोहोरो रन अंक बनाउन सकेनन् । सुदुरपश्चिमका लागि नरेन्द्र साउँदले ४ महेश अधिकारीले २ र विकास आग्रीले एक विकेट लिए । ९५ रनको विजय लक्ष्य सुदुरपश्चिमले १४ दशमलव १ ओभरमा २ विकेट गुमाएर विजय लक्ष्य पुरा ग¥यो । सन्जु बोहोराले ४३ खड्क बोहोराले २४ दिपेन्द्र बोहोराले २० रन बनाए ।

पुरुष क्रिकेटमै आज भएको दोस्रो खेलमा प्रदेश नम्बर १ ले प्रदेश नम्बर ५ लाई ५ रनले हराएको छ । फाप्ला मैदानमा टस जितेर पहिले व्याटिङ गर्दै प्रदेश नम्बर १ ले २० ओभरमा ६ विकेट गुमाउँदै ११५ रन बनायो । सो पारीमा दिपेश कडेलले ३६ र पुष्प थापाले ३४ रन बनाए ।

प्रदेश नम्बर ५ का लागि कृष्ण कार्कीले दुई विकेट लिए । ११६ रनको विजय लक्ष्य पछ्याएको प्रदेश नम्बर ५ ले निर्धारित २० ओभरमा ९ विकेट क्षतिमा ११० रन मात्रै बनाउन सक्यो ।

सुवेन्द्र पाण्डेयले २२ सौरव खनालले १५ र राजीवर पंिहले १२ रन बनाए पनि आफ्नो टीमलाई जिताउन सकेनन् । प्रदेश नम्बर १ का पुष्प थापा र मुकुन्द यादवले दुई दुई विकेट लिए ।