Gender equality today for a sustainable tomorrow भन्ने नाराका साथ सन् २०२२ को नारी दिवस मनाइदै

Gender equality today for a sustainable tomorrow भन्ने नाराका साथ सन् २०२२ को नारी दिवस मनाइदै

आज नारी दिवस,सबैजना साथ भएर नारी प्रतिको पूर्वाग्रह तोड्ने र समानताको आवाज बलियो बनाउने आग्रहका साथ Gender equality today for a sustainable tomorrow  भन्ने नाराका साथ सन् २०२२ को नारी दिवस मनाइदैछ ।

आजका दिन संसारभरि विभिन्न कार्यक्रमहरू गरेर सामाजिक, आर्थिक लगायत विकासका अन्य धेरै आयामहरूमा नारीहरूको सक्रिय सहभागिता अनि नेतृत्वको प्रशंसा गरिन्छ । 

संसारमा लैङ्गिक समानता एउटा अभियान केवल  नारा मात्र भएको छ, निकै विकसित भनिएका देशहरू पनि नारी उत्पीडन अनि असमानताका मुद्दाहरू लुकाएर बसिरहेका छन् । 

समाजमा व्याप्त अतिवादी सोच र सङ्कीर्ण धार्मिक चिन्तनबाट समाज यति ग्रस्त छ की २१ औ शताब्दीको यो अत्याधुनिक युगमा बोक्सीको आरोपमा मानव मलमूत्र खुवाइन्छ, जङ्गली सामाजिक संरचनाका छविहरू तब देखिन्छ जब एउटी महिला निरीह कुटिन्छिन्, पिटिन्छिन्, अपमानित हुन्छिन् ।यस पटकको नारी दिवस विभिन्न नारी केन्द्रित सङ्घ संस्थाहरु, सामाजिक अभियन्ताहरूले,दीर्घकालीन भोलिका लागि लैगिंक समानताू भनेर पैरवी गरेका छन् ।