क्रिकेट खेल्न साेमपाल अमेरिका नजाने, अन्य तीन खेलाडीले भिषा नै पाएनन्

क्रिकेट खेल्न साेमपाल अमेरिका नजाने, अन्य तीन खेलाडीले भिषा नै पाएनन्

अमेरिकामा हुने टू एक्स क्रिकेट कपमा खेल्न कुनै पनि नेपाली खेलाडी नजाने भएका छन् । 

नेपालका तर्फबाट चार जना खेलाडीलाई निम्तो दिइएको थियो । तर, तीन खेलाडीले भिषा पाउन सकेनन् । सोमपाल कामीलाई भिषा दिइएको भएपनि प्राविधिक कारणले गर्दा उनको अमेरिका भ्रमण रद्द भएको हो । 

यसअघि करण केसी, दीपेन्द्र सिंह ऐरी र ललित नारायण राजवंशीलाई पनि बोलाइएको भए पनि उनीहरुले अमेरिका प्रवेशाज्ञा नै पाउन सकेनन् ।