लागुऔषध विवाद विषयमा एक जनाको हत्या

लागुऔषध विवाद विषयमा एक जनाको हत्या

लागुऔषधको विषयमा विवाद हुँदा एक जनाको हत्या भएको छ। 

बूढानीलकण्ठ नगरपालिका–५ स्थित प्लटिङमा मृत भेटिएका जुम्लाका मानबहादुर राउतको लागुऔषधका कारण हत्या भएको पाइएको हो।

फागुन १६ गते उनको शव भेटिएको थियो। त्यसपछि अनुसन्धान सुरु गरेको प्रहरीले राउतको हत्या भएको जनाएको छ। 
हत्या आरोपमा दुई जनालाई पक्राउ गरिएको महानरीय प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए। पक्राउ पर्नेहरुमा याकु चौधरी र करण पासवान छन्। 

मजदुरी गर्दै आएका राउतको हत्याको कारण भने लागुऔषध रहेको प्रहरीले जनाएको छ। लागूऔषध ल्याइदिन्छु भनेर पैसा लगेर पनि नल्याइदिएपछि राउतको हत्या भएको पाइएको एसपी मैनालीले बताए।