धनगढी । प्रथम मुखयमन्त्री कप खेलकूद प्रतियोगिता अन्तर्गत फुटबल र क्रिकेट प्रतियोगिताका लागि खेल तालिका मंगलबार राति सार्वजनिक गरिएको छ ।
तालिका अनुसार बुधबार फुटबल तर्फको पहिलो खेल बिहान नौ बजेदेखि धनगढी रंगशालामा आयोजक सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका बीच हुने छ । यस्तै दोस्रो खेल प्रदेश नम्बर १ र प्रदेश नम्बर ५ बीच हुने छ ।
यस्तै क्रिकेट तर्फ पुरुषमा पहिलो खेल सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश बीच फाप्ला मैदानमा र महिला तर्फ पनि सुदूरपश्चिम र कर्णाली प्रदेश बीच संघीय प्रहरी इकाईको मैदानमा हुनेछ । भने क्रिकेट तर्फका दुबै प्रतियोगिताको दोस्रो खेलमा प्रदेश नम्बर १ र प्रदेश नम्बर ५ का खेलाडीले प्रतिष्पर्धा गर्ने छन् ।