विवाहमा बेहुलीले लड्डु नखाएपछि मण्डपमै कुटाकुट !

विवाहमा बेहुलीले लड्डु नखाएपछि मण्डपमै कुटाकुट !

विवाहलाई आपसी सम्बन्ध र सौहार्दताको रूपमा लिइन्छ तर भारतमा विवाह समारोहमै बेहुलीलाई मिठाइ नखाँदा कुटाकुटको अवस्था आएको छ ।

हिन्दू परम्पराअनुसार हुने विवाहमा बेहुला–बेहुलीले आपसमा मिठाइ खुवाउने चलन छ । जुन चलनअनुसार बेहुलाले बेहुलीलाई मिठाइ खुवाउन खोजे तर बेहुलीले खाइनन् ।

त्यसपछि बेहुलाले त्यो मिठाइलाई बेहुलीको शरीरमा फालिदिए । त्यसपछि बेहुलीले पनि बेहुलाको शरीरमा मिठाइ फालिन् ।

बेहुलीले मिठाइ फालेलगत्तै बेहुलाले आक्रोशित भएर बेहुलीमाथि हात उठाए । विवाह मण्डपमै कुटाकुटको अवस्था आयो ।