१२ वर्षीया बालिकाको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका  ६३ वर्षीय पुरुष सार्वजनिक

१२ वर्षीया बालिकाको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका  ६३ वर्षीय पुरुष सार्वजनिक

बालिकाको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका एक जनालाई आइतबार सार्वजनिक गर्ने प्रहरीको तयारी छ ।

जाते माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत बालिकाको बुधबार स्कुलबाट घर फर्कने क्रममा बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले लेटाङ– ८ का  ६३ वर्षीय दीपक गिरीलाई पक्राउ गरेको थियो । पक्राउ परेका गिरीलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालतको अनुमति लिइसकेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङमा आइतबार दिउँसो सवा २ बजे पत्रकार सम्मेलन गरी अभियुक्त सार्वजनिक गर्ने जिल्ला प्रहरी कार्यालयका डीएसी मन्जिल मुकारूङले जानकारी दिए ।

बुधबार स्कुलबाट फर्कने क्रममा बेपत्ता भएकी बालिकाको शव शुक्रबार बिहान विभत्स अवस्थामा फेला परेको थियो । जंगलको बाटो एक्लै घर फर्कने क्रममा गिरीले बालिकाको बलात्कारपछि हत्या गरेको प्रहरीको दावी छ ।