प्रेमीसँग मिलेर महिलाले गरिन् आफ्नै श्रीमानको हत्या

प्रेमीसँग मिलेर महिलाले गरिन्  आफ्नै श्रीमानको हत्या

अनैतिक सम्बन्ध लुकाउन एक महिलाले प्रेमीसँग मिलेर आफ्नै श्रीमानको हत्या गरेकी छन् ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ फूलबरिया टोलस्थित गाईगोठमा बारा जिल्लाका फेटा गाउँपालिका वडा नम्बर ४ बस्ने ४६ वर्षीय प्रेमचन्द्र महराको घाँटी र टाउकोको पछाडि भागमा खुकुरी प्रहार गरी हत्या गरेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यलय पर्साका प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले बताए ।

हत्याको आरोपमा प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ बस्ने ३४ का दीपक कुमार महरालाई नियन्त्रणमा लिएका छ ।

मृतक महराकी श्रीमतीको अभियुक्त दीपकसँग अबैध सम्बन्ध रहेको र सम्बन्धको बारेमा श्रीमानले थाहा पाएपछि श्रीमतीकै मिलोमतोमा उनको हत्या भएको अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।

अभियुक्त दिपकले प्रेमचन्द्रलाई गाईगोठमा बोलाएर खुकुरी प्रहार गरी हत्या गरेका थिए । हत्या गरेर फरार रहेका दिपकलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ विर्ताबाट पक्राउ गरेको र घटनास्थलबाट खुकुरी समेत बरामद भएको छ ।

प्रहरीले मृतककी श्रीमतिलाई समेत नियन्त्रणमा लिएको छ ।